लुम्बिनी प्रदेश सरकार विस्तार

बुटवल । लुम्बिनी प्रदेशमा सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेश सरकारमा १२ औँ मन्त्री मन्त्रीका रूपमा कृष्णा केसी थपिएकी हुन् ।
लुम्बिनीमा यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन १२ वटा मन्त्रालय पुर्याइएको छ । मुख्यमन्त्री जोख बहादुर महराले सोमबार दिउँसो नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । चैत २३ गते महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत वैशाख १२ गते मन्त्रिपरिषद् बिस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तार गर्दा महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आफैँले राखेका थिए ।
नवनियुक्त मन्त्री केसीले आज नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथग्रहण गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
पश्चिमी र स्थानीय वायुसहित जलवाष्पयुक्त हावाको प्रभाव : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
चीनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
-
गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते
-
सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु