भ्रष्टाचार मुद्दा लागेका लुम्बिनी सांसद यादवको निलम्बन फुकुवा
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको ११ औँ बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको शीर्षकमा विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागि निलम्बन गरेको थियो । सो मुद्दामा यादवले सफाइ पाएपछि प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो । विशेष अदालतले जेठ ९ गते यादवलाई सफाइ दिएको थियो ।
मुद्दाको फैसला भएको र यादवले सफाइ पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछि निलम्बन फुकुवा गरिएको सभामुख घर्ती मगरले जानकारी दिए । यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण