लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पारित भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले नीति तथा कार्यक्रममाथि छलफल गर्नुका साथै पारित गरेको हो ।
प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका गरी २० सदस्यले आफ्नो धारणा राखेका थिए । छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री जोखबहादुर महराले दिएसँगै सभामा निर्णयार्थ पेस गरिएको थियो । नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।
सोमबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम पेस गरेका थिए । नीति तथा कार्यक्रम पेस भएको भोलिपल्टै प्रदेश सभाले छलफलको औपचारिकता पूरा गरी पारितसमेत गरेको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदले प्रदेश सरकारले अघि सारेका योजनाको बचाउ गरेका थिए भने विपक्षी दलले आलोचना गरेका थिए ।
मुख्यमन्त्री महराले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा नीति तथा कार्यक्रममा सबै विषय नसमेटिए पनि प्रदेश सभामा उठेका कतिपय महत्त्वपूर्ण विषयलाई सरकारले प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण