आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन्।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए।
विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले यही कार्यकालमा यसअघि द्वार पटक विश्वासको मत लिइसकेका छन् । यसपटक मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ। यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन्। सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनभित्र विवरण अद्यावधिक र पोर्टफोलियो कायम गर्न बिमा सर्भेयरलाई प्राधिकरणको निर्देशन
-
मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
-
सेयर बजारमा एकैदिन ४४ अंकको सुधार
-
सभामुख अर्याल र साउदी अरेबियाका राजदूतबिच शिष्टाचार भेटवार्ता
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण