घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैन: सांसद खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने हरेक बजेट राजश्व सङ्कलन,वैदेशिक सहयता लगायतमा लक्ष्य अनुरूप सङ्कलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताए ।
सांसद खतिवडाले मुलुक ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताए । उनले भविष्यमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था रही रहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौती रहेको बताए ।
उनले भने, ‘मुलुक ऋण लिएर ऋण तिर्नु पर्ने अवस्थामा रहेको छ । भोलिको दिनमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था भयो भने बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनको बाटोमा जाँदैन । सरकारले ल्याएको बजेट हेर्दा अहिलेसम्म ८ खर्ब ९० अर्ब बराबरको राजश्व उठेकाले बजेट घाटामा जाने देखिन्छ । सधैँ घाटामा प्रस्तुत गर्ने बजेट देशको विकार समृद्धिमा अगाडि बढ्ने अवस्था देखिएन । यी कुरामा सरकारले ध्यान दिओस् ।’
उनले ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारी बोक्ने खच्चडलाई पनि कर लाग्ने हो कि भन्ने समस्या सिर्जना भएको टिप्पणी गर्दै सरकारको यतातिर पनि ध्यान जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण
-
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा
-
अर्बौँको घाटा र राजनीतिक भर्तीले थला परेपछि निजीकरणको बाटोमा सरकारी उद्योग
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी