घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन सक्दैन: सांसद खतिवडा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने हरेक बजेट राजश्व सङ्कलन,वैदेशिक सहयता लगायतमा लक्ष्य अनुरूप सङ्कलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताए ।
सांसद खतिवडाले मुलुक ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताए । उनले भविष्यमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था रही रहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौती रहेको बताए ।
उनले भने, ‘मुलुक ऋण लिएर ऋण तिर्नु पर्ने अवस्थामा रहेको छ । भोलिको दिनमा लगानी नहुने,उत्पादन नबढ्ने र राजश्व नबढ्ने अवस्था भयो भने बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनको बाटोमा जाँदैन । सरकारले ल्याएको बजेट हेर्दा अहिलेसम्म ८ खर्ब ९० अर्ब बराबरको राजश्व उठेकाले बजेट घाटामा जाने देखिन्छ । सधैँ घाटामा प्रस्तुत गर्ने बजेट देशको विकार समृद्धिमा अगाडि बढ्ने अवस्था देखिएन । यी कुरामा सरकारले ध्यान दिओस् ।’
उनले ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भारी बोक्ने खच्चडलाई पनि कर लाग्ने हो कि भन्ने समस्या सिर्जना भएको टिप्पणी गर्दै सरकारको यतातिर पनि ध्यान जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण