लुम्बिनी प्रदेश योजना आयोगले पायो पूर्णता
बुटवल । लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पाएको छ । एक उपाध्यक्षसहित ३ जना सदस्य रहने व्यवस्था छ ।
यसअघिनै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा बिहीबार ३ जना सदस्य नियुक्त भएपछि पूर्णता पाएको हो ।
बिहीबार बसेको लुम्बिनी मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्यमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थिले जानकारी दिए । उपाध्यक्षमा यसअघि सरोज खनाल नियुक्त भएका थिए ।
यस्तै बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गत बाँकी रहेका जिल्लाहरूमा कार्यालय स्थापना गर्ने, बहुबर्षीय योजनाहरूलाई अगाडि बढाउने निर्णय भएको प्रवक्ता पन्थिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण