पाल्पामा लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु
बिहीबार, २४ जेठ २०८१, २१ : ११

बुटवल । पाल्पामा लोडर दुर्घटना भएको छ । बिहीबार भएको दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट सहचालक बर्दिया बाँसगढीका अन्दाजी २६ वर्षीय कमल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट लोडर चालक कैलाली घोडाघोडी– २ का ३० वर्षीय समीर चौधरी घाइते भएका छन् ।
घाइते चौधरीलाई उपचारका लागि बुटवल पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।