पाल्पामा लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु
बिहीबार, २४ जेठ २०८१, २१ : ११
बुटवल । पाल्पामा लोडर दुर्घटना भएको छ । बिहीबार भएको दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ कञ्चनखोलास्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट सहचालक बर्दिया बाँसगढीका अन्दाजी २६ वर्षीय कमल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट लोडर चालक कैलाली घोडाघोडी– २ का ३० वर्षीय समीर चौधरी घाइते भएका छन् ।
घाइते चौधरीलाई उपचारका लागि बुटवल पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण