बाबरले उछिने विराटलाई
शुक्रबार, २५ जेठ २०८१, १० : २२
काठमाडौँ । पाकिस्तानका कप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी रन बनाउने खेलाडीहरूको सूचीको पहिलो स्थानमा पुगेका छन् । उनले यस मामिलामा भारतीय ब्याटर विराट कोहलीलाई उछिनेका हुन् ।
बिहीबार अमेरिकासँग भएको खेलमा ४४ रन जोड्दै बाबरले टी–२० अन्तर्राष्ट्रियमा ४ हजार ६७ रन बनाएका छन् । उनले १२० खेलमा ४१.०८ को औसतले ३ शतक र ३६ अर्धशतक प्रहार गरेका छन् ।
दोस्रो स्थानमा रहेका विराट कोहलीले ४ हजार ३८ रन बनाएका छन् । यो सूचीको तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् । उनले ४ हजार २६ रन बनाएका छन् ।
चौथो स्थानमा आयरल्याण्डका पाउल स्टर्लिङ छन् । उनको ३ हजार ५९१ रन छ । पाँचौँ स्थानमा रहेका मार्टिन गुप्टिलले ३ हजार ५३१ रन जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण