भारतीय राष्ट्रपतिद्वारा मोदीको शपथ समारोहमा सहभागीहरूको सम्मानमा रात्रिभोज
_mEtgqkatbc.jpg)
काठमाडौँ । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा आज रात्रिभोजको आयोजना गरेकी छन् । राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गर्नुभएको परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले जानकारी दिइन् ।
रात्रिभोजमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित थिए ।
रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबिच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ । रात्रिभोजमा आजै पद तथा गोपनीयताको शपथ लिनुभएका भारतका संघीय मन्त्री एवं राज्यमन्त्रीहरू, भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो
-
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु