भारतीय राष्ट्रपतिद्वारा मोदीको शपथ समारोहमा सहभागीहरूको सम्मानमा रात्रिभोज
काठमाडौँ । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा आज रात्रिभोजको आयोजना गरेकी छन् । राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गर्नुभएको परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले जानकारी दिइन् ।
_FOsPylHl2X.jpg)
रात्रिभोजमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित थिए ।
_ry28Tf8sAH.jpg)
रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबिच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ । रात्रिभोजमा आजै पद तथा गोपनीयताको शपथ लिनुभएका भारतका संघीय मन्त्री एवं राज्यमन्त्रीहरू, भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण