शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा

शनिबार, ३० जेठ २०८३, ०२ : ३०
शनिबार, ३० जेठ २०८३

सारांश

  • विश्वकप फुटबल अन्तर्गत समूह 'बी' को खेलमा क्यानडाले बोस्निया-हर्जगोभिना विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको छ ।
  • क्यानडाका लागि स्ट्राइकर साइले लारिनले खेलको ७९औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका हुन् ।
  • यसअघि २१औँ मिनेटमा बोस्नियाले जोभो लुकिचको गोलमा अग्रता लिएको थियो ।

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडाले बोस्निया–हर्जगोभिना विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको छ । क्यानडाका लागि स्ट्राइकर साइले लारिनले खेलको ७९औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा पुर्‍याएका हुन् ।

लारिन खेलको ७६औँ मिनेटमा मात्र तानी ओलुवासेयीको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। मैदान छिरेको तीन मिनेटभित्रै उनले गोल गरेर क्यानडालाई खेलमा फर्काएका हुन् । उनलाई गोलका लागि प्रमिस डेभिडले पास उपलब्ध गराएका थिए ।

यसअघि २१औँ मिनेटमा बोस्नियाले जोभो लुकिचको गोलमा अग्रता लिएको थियो । अहिले टोरन्टो स्टेडियममा दुवै टोली १–१ को रोमाञ्चक स्थितिमा खेलिरहेका छन् । क्यानडाले घरेलु मैदानमा गोल फर्काएपछि खेल थप प्रतिस्पर्धात्मक बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप