कर्णाली लोकसेवा आयोगले एक परीक्षार्थीलाई लगायो बन्देज
सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले एक परीक्षार्थीलाई एक वर्षसम्म परीक्षामा सामेल हुनबाट रोक लगाएको छ । परीक्षाको मर्यादा उल्लङ्घन गरेको भन्दै दैलेखको भगवती माई गाउँपालिकाकी भगवती रिजाललाई आयोगले कारबाही गरेको हो ।
आयोगका अनुसार जेठ २६ गते स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, चौथो तह, अनमी पदको परीक्षामा उनले परीक्षाको सर्त र मर्यादा उल्लङ्घन गरेकी थिइन् ।
वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामा, सुर्खेत (घ) केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त परीक्षाका क्रममा उनले प्रदेश लोकसेवा आयोग ऐन, ०७७ दफा ६४ को उपदफा १ को खण्ड (क) बमोजिम परीक्षाको सर्त र मर्यादा उल्लङ्घन गरेको कसुर देखिएकाले उनको परीक्षा रद्द गर्नुका साथै आयोगबाट लिइने परीक्षामा १ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाउने भनी आयोगबाट आइतबार निर्णय भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण