बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कर्णाली लोकसेवा आयोगले एक परीक्षार्थीलाई लगायो बन्देज

सोमबार, २८ जेठ २०८१, १६ : ४९
सोमबार, २८ जेठ २०८१

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले एक परीक्षार्थीलाई एक वर्षसम्म परीक्षामा सामेल हुनबाट रोक लगाएको छ । परीक्षाको मर्यादा उल्लङ्घन गरेको भन्दै दैलेखको भगवती माई गाउँपालिकाकी भगवती रिजाललाई आयोगले कारबाही गरेको हो ।

आयोगका अनुसार जेठ २६ गते स्वास्थ्य सेवा, कम्युनिटी नर्सिङ समूह, चौथो तह, अनमी पदको परीक्षामा उनले परीक्षाको सर्त र मर्यादा उल्लङ्घन गरेकी थिइन् ।

वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामा, सुर्खेत (घ) केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । 

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त परीक्षाका क्रममा उनले प्रदेश लोकसेवा आयोग ऐन, ०७७ दफा ६४ को उपदफा १ को खण्ड (क) बमोजिम परीक्षाको सर्त र मर्यादा उल्लङ्घन गरेको कसुर देखिएकाले उनको परीक्षा रद्द गर्नुका साथै आयोगबाट लिइने परीक्षामा १ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाउने भनी आयोगबाट आइतबार निर्णय भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप