जयशंकरले गरे पदभार ग्रहण, परराष्ट्रमन्त्री श्रेष्ठले दिए बधाई
काठमाडौँ । भारत सरकारको विदेशमन्त्रीको रूपमा एस. जयशंकरले पुनः पदभार ग्रहण गरेका छन् ।
दोस्रो कार्यकालमा विदेशमन्त्री बनेका जयशंकरले आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि नेपाली समकक्षी उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बधाई दिएका छन् ।
श्रेष्ठले नेपाल–भारत बिचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको एक्समार्फत जनाएका छन् ।
जवाफमा जयशंकरले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नेपाल–भारतको प्रगतिका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
जयशंकर सन् २०१९ मा पहिलो पटक विदेशमन्त्री चयन भएका थिए । विदेश सचिवबाट अवकाश लिएपछि उनी मन्त्रीमा नियुक्त भएका हुन् । भारतमा उनलाई सफल कूटनीतिज्ञ मानिन्छ । त्यही भएर प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दोस्रो कार्यकालमा पनि मन्त्रीको रूपमा समेटेका हुन् ।
नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भएको बेला चीन भ्रमणमा जाँदा जयशंकर त्यहाँ भारतीय राजदूत थिए । जयशंकरसँग मोदीको पहिलो भेट त्यहीँ भएको थियो ।
सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदी अमेरिकाको भ्रमणमा जाँदा जयशंकर त्यहाँका लागि भारतीय राजदूत थिए । अमेरिकामा मोदीको कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनमा जयशंकको मुख्य भूमिका थियो । त्यहीबाट प्रधानमन्त्री मोदी जयशंकरबाट प्रभावित भएका थिए ।
जयशंकर अमेरिकाबाट फर्केपछि विदेश सचिव भएका थिए । त्यसपछि दुवै जनाको बिचमा लामो समय सहकार्य भयो । दुवै जनाले विभिन्न मिसनमा मिलेर काम गरेका थिए ।
सचिवबाट हट्ने बित्तिकै प्रधानमन्त्री मोदीले जयशंकरलाई राज्य सभाको सदस्य बनाएर विदेश मन्त्रीमा नियुक्त गरेका थिए ।
जयशंकर मन्त्री भएपछि पनि पटक पटक नेपालका भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण