हत्या मामिलामा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ
बैंगलुरु । कन्नड चलचित्र उद्योगका चर्चित अभिनेता दर्शन थोगुदीपलाई एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका व्यक्तिले अभिनेताका एक अभिनेत्री साथीलाई अपमानजनक सन्देश पठाएको आरोप छ।
४७ वर्षीय दर्शनले पछिल्ला वर्षहरूमा धेरै ठूला बक्स अफिस हिट फिल्महरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। दर्शनलाई सोमबार बिहान मैसूरस्थित उनको फार्म हाउसबाट बैंगलुरुको प्रहरी चौकीमा ल्याइएको थियो।
चित्रदुर्ग जिल्लाका ३३ वर्षीय रेणुका स्वामीको शव बैंगलुरुको नालीमा फेला परेको थियो । उनको जुन ८ मा हत्या भएको र जुन ९ गते शव फेला परेको अनुमान गरिएको छ । यस हत्याकाण्डमा दर्शन, उनकी अभिनेत्री साथी पवित्रा गौडासहित १० जनाको नाम छ ।
रेणुका स्वामीले अभिनेत्री पवित्रालाई अश्लिल म्यासेज पठाएकी थिइन् । अभिनेत्री दर्शनको नजिकको साथी मानिन्छिन् । बैंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले बीबीसी हिन्दीलाई भने, ‘पक्राउ परेकाहरूमा दर्शन र पवित्रा गौडा पनि छन्।‘
दर्शनका हिट फिल्महरूमा अनाथरु, क्रान्तिवीर संगोली रायन्ना र कटेरा पर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
-
बिरामी छन् लियोनल मेसीका पिता, मृत्युको हल्लापछि परिवारले जारी गर्यो विज्ञप्ति
-
खेल मिलेमतोको आशङ्कामा अनुसन्धान, आइभोरी कोस्टका स्ट्राइकरले पाएनन् क्यानडाको भिसा
-
विश्वविद्यालयको उपकुलपति छनोटमा राजनीतिक गन्ध मिसिएको एमालेको आशंका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण