झुटो मुद्दाले घर नै लिलाम गर्नुपर्ने अवस्थामा पुगे यी अभिनेता
लस एन्जलस । दुई पटकका ओस्कर विजेता हुन् हलिउडका चर्चित अभिनेता केभिन स्पेसी । केही वर्ष अघि उनमाथि यौन उत्पीडनका कयौँ आरोप लागेका थिए । गएको वर्ष उनी सबै आरोपबाट मुक्त भए । यौन उत्पीडन र अनुचित व्यवहारका कुनै पनि मामिलामा उनी दोषी भेटिएनन् ।
तर उनीमाथि लागेको आरोपका कारण अभिनेता कङ्गाल बनेका छन् । स्पेसीले पछिल्ला कयौँ वर्षहरू अदालतको चक्कर काटेर बिताए । कानुनी फिसको खर्च पनि थुप्रै आएको थियो । अब अवस्था यस्तो भएको छ कि अभिनेता ऋणमै चुर्लुम्म डुबेका छन् । अहिले पनि दसौँ लाख डलर कानुनी फिस पनि तिर्न बाँकी छ ।
बक्यौता बिल तिर्न नसकेपछि अभिनेता बस्दै आएको घर जफत गरिएको छ । सो घरको लिलाम विक्री हुन लागेको छ । आफूसँग अब पैसै नभएको उनी बताउँछन् ।
सन् २०१७ मा मिटू आन्दोलन छेडिएपछि स्पेसीमाथि यौन उत्पीडन र अनुचित व्यवहार गरेको आरोप लागेको थियो । यसबाहेक चार जनाले उनीमाथि उत्पीडनको नौ वटा आरोप लगाएका थिए । तर यीमध्ये कुनै पनि आरोपमा अभिनेता दोषी भेटिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
-
बिरामी छन् लियोनल मेसीका पिता, मृत्युको हल्लापछि परिवारले जारी गर्यो विज्ञप्ति
-
खेल मिलेमतोको आशङ्कामा अनुसन्धान, आइभोरी कोस्टका स्ट्राइकरले पाएनन् क्यानडाको भिसा
-
विश्वविद्यालयको उपकुलपति छनोटमा राजनीतिक गन्ध मिसिएको एमालेको आशंका
-
जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण