शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी र स्थानीयको प्रयासमा छलगाड लघुजलविद्युत आयोजना सुचारु

आइतबार, २५ असार २०७४, १३ : २२
आइतबार, २५ असार २०७४

डोल्पा–डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडानं १ ल्वकाँमा रहेको छलगाड लघुजलबिद्युत आयोजनामा बिद्युत आपुर्ति सुचारु भएको छ ।

पाँच दिनपछि प्रहरी र स्थानीयको प्रयासमा भत्किएको बाँध निर्माण गरेर बिद्युत् आपुर्ती पुनःसुचारु भएको अप्रेटर बिष्णु रोकायले जानकारी दिए । १९ असारमा छलगाड खोलामा आएको बाढीले छलगाड लघु जलबिद्युत आयोजनाको बाँध भत्काएपछि बिद्युत आपुर्ती बन्द भएको थियो ।


पैँतीस किलोवाट क्षमता बिद्युत आयोजना संञ्चालनमा आएपछि सर्वसाधारणलाई सहज भएको छ । बिद्युत आपुर्ती बन्द भएपछि त्रिपुराकोट,रल्ली,गल्ली र करेलीकाँडाका दुईसय घरधुरीहरु अन्धकारमा बस्न बाधय भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप