सिंहदरबार पस्यो महानगर प्रहरीसहितको टोली, २ बालबालिकाको उद्धार (तस्बिरहरू)
बुधबार, ३० जेठ २०८१, १७ : १४

काठमाडौँ । आज विश्व बाल श्रम विरुद्धको दिवस । उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु कानुनी रूपमा अपराध मानिन्छ ।
यही सन्दर्भमा कानुनको पालन हुने र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका २ जना बालबालिकाहरुको उद्धार गरेको छ ।
महानगर प्रहरीसहितको टोलीले सिंहदरबारस्थित एक चमेना गृहबाट उनीहरुको उद्धार गरेको हो । ती बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची