सिंहदरबार पस्यो महानगर प्रहरीसहितको टोली, २ बालबालिकाको उद्धार (तस्बिरहरू)
बुधबार, ३० जेठ २०८१, १७ : १४
काठमाडौँ । आज विश्व बाल श्रम विरुद्धको दिवस । उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु कानुनी रूपमा अपराध मानिन्छ ।
यही सन्दर्भमा कानुनको पालन हुने र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका २ जना बालबालिकाहरुको उद्धार गरेको छ ।
महानगर प्रहरीसहितको टोलीले सिंहदरबारस्थित एक चमेना गृहबाट उनीहरुको उद्धार गरेको हो । ती बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको महानगरपालिकाले जनाएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण