बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कुन पदमा को–को उम्मेदवार ?

बुधबार, ३० जेठ २०८१, १९ : ५३
बुधबार, ३० जेठ २०८१

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।

महाधिवेशन तेस्रो दिन बुधबार बिहान साढे ८ बजेदेखि मनोनयन पत्र भरेर साँझ उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार अपराह्न ४ बजेदेखि मतदानको समय तोकिए पनि उम्मेदवारहरूको अन्तिम नामावली नै ८ घण्टा ढिलो प्रकाशन गरिएपछि मतदान प्रक्रिया पछाडि धकेलिएको छ ।

अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन समितिले अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको औपचारिक जानकारी दिएको छ । पार्टी स्थापना भएको १८ वर्षपछि पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन प्रक्रिया थाल्दासमेत उपेन्द्र यादवको विरोधमा कसैले उम्मेदवारी दिएनन् । अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएको निर्वाचन समितिले घोषणा गरेको छ ।   

कुन पदमा को–को भिड्दै ?

जसपा नेपालको महाधिवेशनले यो पटक २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन गर्दैछ ।

अध्यक्षबाहेक अब एक जना सहअध्यक्ष, उपाध्यक्षमा ५, महासचिवमा २, उपमहासचिवमा ३, सचिवमा ७, कोषाध्यक्षमा १ जना गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।

सहअध्यक्षमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्व सङ्घीय मन्त्री राजकिशोर यादव, रकम चेम्जोङले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा १७ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षतर्फ मृगेन्द्र कुमार सिंह, हरिनारायाण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अजुर्न थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्र प्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज ब्लोन, अमरेश नारायण झा, राजन केसी र सुमन कुमार चौधरीको उम्मेदवारी परेको छ ।

उपाध्यक्ष महिलातर्फ भने रेखा यादव, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उम्मेदवारी परेको छ ।

यसैगरी महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजय कुमार, मनिष सुमन र अशोक कुमार यादवले मनोनयन दर्ता गराएका छन् ।

उपमहासचिवमा खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ उपमहासचिवमा सुरेन्द्र कुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर यादव, राजकुमार राई, योगेन्द्र राय यादव, शैलेन्द्र प्रसाद साह, सुरेश कुमार मण्डल, जयप्रकाश राई र जयराम यादवले उम्मेदवारी दिएका छन् । महिलातर्फको उपमहासचिवमा सीताकुमारी यादव, विनिता कुमारी यादव र निर्मला यादवको उम्मेदवारी परेको छ ।

यसैगरी ७ सचिव पदका लागि ३४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।  

सचिव खुलातर्फ शेख अब्दुल कलाम, प्रमोद साह, राजकुमार गुप्ता, रामबाबु कुमार यादव, धरेन्द्र यादव, सरोज सिंह कुश्वाहा, विकास कुमार तिवारी, प्रभुराम श्रेष्ठ, रामकुमार मण्डल, बिरेन्द्र प्रधान, लाक्पा शेर्पा, अशेश्वर यादव, अशोककुमार यादव, कमरुदिन राई, कृष्ण कुमार राई, देवबहादुर दुरा, भारत महतो, भीमबहादुर थापा, महाजन यादव, विन्देश्वर यादव, चन्देश्वर पासवान, विश्वनाथ राउत, संजयकुमार सिंह, विजय कुमार दनुवार, चन्देश्वर प्रसाद सिंह, पूर्णबहादुर बस्नेत, सिंहबहादुर लामा, रमेशचन्द्र प्रधानले उम्मेदवारी दिएका छन् ।

यसैगरी दिना लामा, रसना यादव, उषाकुमारी यादव, तारा विश्वकर्मा, प्रमिला यादव र सुरिता कुमारी साहको पनि सचिव पदमा उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा रेणुकुमारी यादव, संजयकुमार यादव र बलराम महतोको उम्मेदवारी परेको छ ।

बाँकी १८१ केन्द्रीय सदस्य पदका लागि भने विभिन्न क्लस्टरमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप