‘मेड इन नेपाल’ हुन्डाई भेन्यूको बिक्री वितरण सुरु
काठमाडौँ । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ ।
प्रथम चरणमा हुन्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्र नै थप अरू भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको जनाएको छ । हाल विक्री सुरु गरिएको भेन्यू एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, भेन्यू एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० एनआईओस का साथै हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण