विपद् व्यवस्थापनका लागि माओवादी केन्द्रले तोक्यो सातै प्रदेशमा सम्पर्क व्यक्ति
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको छ । प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न केन्द्रीय विपद् व्यवस्थापन विभागका नेताहरूलाई सम्पर्क व्यक्ति तोकिएको हो ।
स्रोतका अनुसार जेठ ३० गते माओवादीको केन्द्रीय विपद् व्यवस्थापन विभागको बैठकले केन्द्रीय कार्यालय बैठकको सिफारिस अनुसार कार्यान्वयनका लागि ४ बुँदे निर्देशनसहित परिपत्र जारी गरेको छ । जसअनुसार कोशी प्रदेशमा नारायण काफ्ले र नारायण तिमिल्सिना, मधेस प्रदेशमा लवकुश बैठा, बागमती प्रदेशमा सुनिलमान शाक्य, गण्डकी प्रदेशमा काजिराम खड्का, लुम्बिनी प्रदेशमा हरिमान पुन र राधा नेपाली, कर्णाली प्रदेशमा भीमबहादुर रोकाय र वीरबहादुर बस्नेत, सुदूरपश्चिम प्रदेशमा कमल थापा र बलबहादुर रावल रहेका छन् ।
विगतकोभन्दा यस वर्ष बढी मनसुन सक्रिय भई अधिक वर्षा हुने आकलन गरिएकाले गृह मन्त्रालयले सबै पार्टीहरूसँग सम्बन्धित विपद् व्यवस्थापनको लागि इन्चार्जहरूको समन्वय समिति बनाएर अनुगमन गर्ने निर्णय गरेको थियो । वर्षाका कारण तराईमा बाढी र पहाड र हिमाली क्षेत्रमा पहिरोको उच्च जोखिम बढ्ने आकलन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकलन गरेको छ ।
सम्भावित विपदमा काम गर्ने गरी प्रत्येक पालिकामा अधिकतम सङ्ख्यामा विपद् स्वयं सेवक टिम निर्माण गरी तयारी अवस्थामा राख्ने, सबै प्रदेश, जिल्ला र पालिका स्तरमा समेत सम्बन्धित तहको पार्टी मातहत रहने गरी विपद् व्यवस्थापन विभाग निर्माण गर्ने र प्रत्येक प्रदेशमा विपद् व्यवस्थापनसँग सम्बन्धित कामहरूको समन्वय गर्न सम्पर्क व्यक्ति तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
-
'भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण