राष्ट्रिय खुला अपहिल रन असार ८ मा
काठमाडौँ । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल केडिसी रन असार ८ गते हुने भएको छ ।
दौड २१ किलोमिटर दूरीको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिका सदस्य समेत रहेका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी गराए । २ सय बढी प्रतिस्पर्धी सहभागी हुने बताइएको छ ।
शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए । दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मत्क्षेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिने छ । दौडको रुटमा सहभागीहरूले करिब ३ हजार फिट उचाइ पनि तय गर्ने छन् ।
रुट ६ वटा वाटर प्वाइन्ट, ६ वटा चेक प्वाइन्ट र ३ वटा मेडिकल प्वाइन्टको व्यवस्था गरिएको छ । ६५ स्वयंसेवक र ८ वटा बाइक परिचालन गरिने छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको छ । महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी दिइएको छ । दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण