बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रौतहटमा एकै दिन ३ जना मृत फेला

आइतबार, ०२ असार २०८१, १४ : ०८
आइतबार, ०२ असार २०८१

काठमाडौँ । रौतहटमा एकै दिन ३ जना मृत अवस्थामा फेला गरेका छन् । रौतहटसहित सिन्धुली र मकवानपुरमा पनि शव फेला परेको प्रहरीले जानकारी दिएको हो

  • सिन्धुली, मरिण गाउँपालिका-२ कटन डाँडा बस्ने ५८ वर्षीय टेक बहादुर दंगाली सोही ठाउँस्थित मुङ्ग्रेशिर भिरको खोँचमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • मकवानपुर, मनहरी गाउँपालिका-३ डोढेस्थित सडकमा सोही ठाउँ बस्ने ५६ वर्षीय कर्ण बहादुर ब्लोन शनिबार मृत अवस्थामा फेला परेका छन् । 
  • रौतहट, गौर नगरपालिका-४ टिकुलिया बकैयाखोलाको बाँध नजिकै केराबारीमा सोही ठाउँ घर भएका १९ वर्षीय रोहित सहनी शनिबार मृत अवस्थामा फेला परेका छन् ।  
  • रौतहट, चन्द्रपुर नगरपालिका-५ चिडियादहस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत  अवस्थामा फेला परेका छन् । 
  • रौतहट राजदेवी नगरपालिका-५ पटाही टोलस्थित गढैया बाग्मती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप