साहित्यकार सञ्जीव पौडेलको आत्मसंस्मरण 'छोटु' सार्वजनिक
चितवन । साहित्यकार सञ्जीव पौडेलको आत्मसंस्मरण 'छोटु' सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार, कवि एवं प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्ययतामा पौडेलको 'छोटु' सार्वजनिक गरिएको हो ।
आत्मसंस्मरण सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि थपलियाले समाजमा व्याप्त विकृति र विसङ्गति देख्दा आफूलाई पनि पुस्तक लेखौँ लेखौँ लाग्ने गरेको उल्लेख गरे । आफूलाई छोटु पढिरहँदा धेरै पटक आँखाबाट आँसु चुहिएको नले उल्लेख गरे । लेखक पौडेलको भोगाइ र भावनाको असन्तुलित जोड घटाउको भावना नै छोटु भएको उनले उल्लेख गरे ।
पुस्तक सार्वजनिक कार्यक्रममा लेखक पौडेलले आफ्नो भोगाइलाई केरमेट नगरी जस्ताको त्यस्तै पस्किएको उल्लेख गरे । उनले भने,'पछिल्लो समय गरिबीको बिस्कुन हालेर आँसुको व्यापार गर्ने प्रचलन मौलाएको छ । मेरो ध्येय त्यो होइन । मेरो खास उद्देश्य भनेकै गरिबी र सिकाइलाई पाठशाला बनाएर सफलता प्राप्त गर्ने हो ।'
शिक्षाविद् रमाकान्त सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यिक, शैक्षिक, बैङ्किङ, ज्येष्ठ नागरिक, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू लगायत सामाजिक क्षेत्रका ३०० भन्दा बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण