‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
सारांश
- फिल्म 'झिंगे दाउ २' आगामी असोजमा प्रदर्शन हुने भएको छ ।
- निर्माण युनिटले तीन पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसार थालेको छ ।
- यो फिल्म ३ वर्ष अगाडि रिलिजमा आएको सफल फिल्म 'झिंगे दाउ'को सिक्वेल हो ।
काठमाडौँ । फिल्म ‘झिंगे दाउ २’ आगामी असोजमा प्रदर्शन हुने भएको छ । निर्माण युपनटले फिल्मको तनि पोस्टर एकसाथ सार्वजनिक गर्दै प्रचार प्रसार समेत थालेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा, समीक्षा देउजाको लगानी छ ।
सार्वजनिक तीन नयाँ पोस्टर मध्य एकमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा छन् । यता, हिउँवाला गौतम, महेश त्रिपाठी र कुशलको भावुक अनुहार देख्न सकिन्छ ।
यस्तै, दोस्रोमा पोस्टरमा दसैँको उमङ्ग देख्न सकिन्छ । फिल्मका मुख्य चार पात्रहरू दसैँको उमङ्गमा रमाएका छन् । यसले, फिल्मको कथावस्तुमा दसैँलाई समेत समावेश गरेको प्रस्ट हुन्छ ।
यस्तै, तेस्रो पोस्टरमा आर्यन सिग्देललाई पनि देखाइएको छ । मुख्य चार पात्रहरू अचम्मित भावमा देखिएका छन् भने आर्यनले उनीहरूलाई रोकेको जस्तो देखिन्छ । यी तिनै पोस्टरले फिल्मप्रति दर्शकको चासो र उत्साह अझै बढाउने पक्का छ ।
केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, सङ्गम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोद कुमार पौडेल लगायतका कलाकारहरूको अभिनय छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारको रूपमा काम गरेका छन् ।
विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको नृत्य, रोशन श्रेष्ठ एक्सन छ । सार्वजनिक तीन नयाँ पोस्टरले फिल्मको विभिन्न पाटोलाई चित्रित गरेको छ । यो फिल्ममा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको यो फिल्ममा विवेक बस्नेत, ईश्वर सिन्केमनाको छायाङ्कन छ ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा बनेको यो फिल्म ३ वर्ष अगाडि रिलिजमा आएको सफल फिल्म ‘झिंगे दाउ’ले सिक्वेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण