चुनावी नतिजा आएपछि पहिलो पटक वाराणसी जाँदैछन् मोदी
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार लोकसभाको चुनावमा आफू उठेको क्षेत्र वाराणसी जाँदैछन् । यस भ्रमणका क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७ औँ किस्ता जारी गर्ने बताइएको छ । यस किस्तामा ९ करोड भन्दा बढी किसानहरूलाई २० हजार करोड भारु दिइनेछ ।
सञ्चारमाध्यमका अनुसार मोदी अपराह्न ४ बजे बाटपुरस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यसपछि उनी साँझ ५ बजे प्रधानमन्त्री किसान सम्मान सम्मेलनमा सहभागी हुनेछन् । त्यहाँबाट उनी वाराणसीको दशाश्वमेध घाटमा गंगा आरती हेर्नेछन् र त्यसपछि काशी विश्वनाथ मन्दिर जानेछन् ।
मोदी तेस्रो पटक वाराणसीबाट सांसद निर्वाचित भएका हुन् । तर पछिल्लो निर्वाचनमा उनको जित अन्तर १ लाख ५० हजार मत मात्रै थियो । यो भारतमा कुनै पनि प्रधानमन्त्रीको जितको सबैभन्दा कम मतान्तर हो । हालै कांग्रेस नेता राहुलले एक जनसभामा प्रियङ्का गान्धीले वाराणसीबाट चुनाव लडेको भए मोदीले चुनाव हार्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण