‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न काठमाडौँ महानगरको सिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ । काठमाडौँ महानगर– ३, महाराजगञ्जमा रहेको टिचिङ हस्पिटल (शिक्षण अस्पताल) को प्राङ्गणमा रहेको उक्त फार्मेसीलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।
उपभोक्ताको गुनासो आएपछि महानगरको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधी पनि थिए । विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डीफ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट थियो । यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कायम राख्नुपर्छ ।
यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिनमा फार्मेसी बन्द गरिएको थियो । यो औषधी ऐन २०३५ तथा औषधी बिक्री वितरण आचारसंहिता २०८० को दफा ३ को व्यवस्था विपरीत भएको महानगरले जनाएको छ ।
विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार कारबाहीका लागि लेखेर पठाइएको यो पहिलो हो । औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधी बेच्न, अरू सामानलाई औषधी भनेर बेच्न पाइँदैन । यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म वा जरिवाना हुने महानगरले जनाएको छ ।
यस्तै शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा ५ वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण