उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक
बुधबार, ०५ असार २०८१, ०८ : ०२
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदका लागि भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखितमा नाम निस्किएका उम्मेदवार ले आवश्यक कागजपत्र बुझाएर अन्तरवार्तामा सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
'अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैँले प्रमाणित गरी रुजु गराउनु पर्नेछ'- सूचनामा भनिएको छ ।
आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुऱ्याएमा जुनसुकै बखत दरखास्त रद्द हुने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण