भारतमा गर्मीले हाहाकार, यूपीमा एकै दिन १७१ जनाको मृत्यु
नयाँ दिल्ली । अत्यधिक गर्मीका कारण भारत दिनहुँ सयौँले ज्यान गुमाइरहेका छन् । उत्तर प्रदेश (यूपी)मा गर्मीका कारण मंगलबार एकै दिन १७१ जनाको मृत्यु भएको छ । कानपुर र बुन्देलखण्ड जिल्ला दिनभरि लु चलेको थियो । उरइमा तापक्रम सबैभन्दा बढी ४६ दशमलव ४ डिग्रीमा मापन भएको थियो ।
रातको समयमा कानपुरमा सबैभन्दा धेरै ३५ दशमलव ३ डिग्री तापमान रेकर्ड भयो । मंगलबार साँझ राज्यका धेरै शहरमा मेघगर्जन र वर्षा भएको थियो । मंगलबारको न्यूनतम तापक्रम पनि सामान्यभन्दा पाँचदेखि सात डिग्री बढी थियो ।
गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको ज्यान गएको थियो । अवध जिल्लामा पनि गर्मीले ६ जनाको मृत्यु भएको थियो । जसमध्ये बाराबंकीमा एक होमगार्ड, एक रेल यात्री र एक सेवानिवृत्त कर्मचारीको मृत्यु भएको छ ।
अमेठीमा एक वृद्ध, गोंडामा एक वृद्ध र रायबरेलीमा एक व्यक्तिको मृत्यु भएको बताइएको छ । पूर्वाञ्चलका नौ जिल्लामा ६४ जनाको मृत्यु भएको छ । जसमा मिर्जापुरमा १५, वाराणसीमा १८, बलियामा १२, गाजीपुर र चन्दौलीमा सात–सात, सोनभद्रमा दुई, आजमगढ, भदोही र माउमा एक–एक जनाको मृत्यु भएको छ ।
बज्र क्षेत्रमा पनि मंगलबार एकै दिन १३ जनाको ज्यान गएको थियो । फिरोजाबामा सात, मैनपुरीमा तीन, आगरामा दुई र मथुरामा एक जनाको मृत्यु भएको थियो । बरेली, लखीमपुर खिरीमा पनि एक–एक जनाको मृत्यु भएको छ । प्रयागराज र आसपासको क्षेत्रमा २० जना र गोरखपुर–बस्ती क्षेत्रमा ४ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण