एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ बर्षसम्म नि:शुल्क अपग्रेड
काठमाडौँ । एलजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ ।
२०२४ को सुरुवातमा, वेबओएस री:न्यू प्रोग्रामले एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्ट कलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूएनईडी मिनी एलईडी ८के (क्यूएनईडी९९/९५ श्रृंखला) को प्रत्येक मोडेलमा नयाँ वेबओएस अपग्रेड ल्याएको थियो । जसले प्रयोगकर्ताहरूलाई अर्को पाँच वर्षको लागि नयाँ टिभी अनुभवको आनन्द दिने कम्पनीको छ । कम्पनीले भनेको छ- यो अपग्रेड भविष्यमा विश्वभरका अन्य एलजी टिभीहरूमा विस्तार गरिनेछ ताकि टिभी अनुभवमा थप मनोरञ्जन थप्न सकियोस्।
वेबओएसको नयाँ संस्करणसँग, एलजी स्मार्ट टिभीका ग्राहकहरूले अझै व्यक्तिगत टिभी अनुभवको आनन्द लिन सक्छन् जसमा होम स्क्रीनले प्रयोगकर्ताहरूलाई उनीहरूको रोजाइ अनुसार सिफारिसहरूद्वारा स्वागत गर्ने कम्पनीको भनाइ छ ।
उन्नत सुरक्षा प्रविधि र अनुकूलित अपरेटिङ सिस्टमले, प्रयोगकर्ताहरूलाई टिभी हेर्ने अनुभवको समयमा उच्चस्तरको स्थिरता, सुरक्षा र सहजतासँग सुरक्षित गरिने जनाइएको छ । एलजी स्मार्ट टिभीले नयाँ वेबओएस अपग्रेडलाई अपनाउँदै गर्दा, सामग्री प्रदायक र सेवा विकासकर्ताहरूलाई नयाँ सामग्री, सेवाहरू र सुविधाहरूलाई व्यापक दर्शकहरूमा फैलाउने थप अवसरहरू प्राप्त हुने कम्पनीको भनाइ छ ।
सोही एलजी वेबओएस री:न्यू प्रोग्राम नेपालमा उपलब्ध २०२२ देखिका ओएलईडी र क्यूएनईडी टिभी र २०२३ देखिका युएचडि टिभीहरुमा पनि लागु हुनेछ भने जसमा आगामी पाँच वर्ष सम्म नि:शुल्क अपग्रेड आउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण