बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रूपमा अगाडि बढाउनुपर्छ : अध्यक्ष भट्टराई
गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी) का अध्यक्ष डा.बाबुराम भट्टराईले बूढी गण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्न सक्ने खतरा रहेको बताए ।
उनले भने, “नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बूढी गण्डकी बहुउद्देश्यीय आयोजनाका रूपमा बन्नै सक्दैन । प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन । यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।”
बूढी गण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाउन बूढी गण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा उनले जोड दिए । “बूढी गण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा बन्छ”, पूर्व प्रधानमन्त्री भट्टराईले भने, “नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन ।”
उनले वर्तमान सरकारले पनि बूढी गण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेको समेत बताए । “मुख्य परियोजना बूढी गण्डकी परियोजना नै अलपत्र बन्दैछ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने- “प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनै रुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरूको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन ।”
गोरखालाई विकास र समृद्धिको मोडलका रुपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताए । झट्ट हेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भए पनि टुक्रे योजना मात्र परेको उनले बताए ।
“गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने र सँगसँगै यहाँको ऐतिहासिक, सांस्कृतिक क्षेत्रलाई जोडेर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहसिक पर्यटनको जुन बढी सम्भावना छ”, उनले भने- “यसलाई मिलाएर एकीकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भए पनि कुनै पनि सरकारले काम गरेन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण