टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको नकआउट चरणमा
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले हराएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो । पोर्चुगलले दुई खेलबाट ६ अंक बटुलिसकेको छ ।
जितसँगै पोर्चुगल समूह ‘एफ’ बाट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । दुई खेल खेलेको टर्की भने तीन अंकसहित दोस्रो स्थानमा छ । टर्कीको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । दुई–दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
खेल सुरु भएको २१ औँ मिनेटमै पोर्चुगलले पहिलो गोल गरेको थियो । पोर्चुगलका लागि पहिलो गोल बेनार्डो सिल्भाले गरेका थिए । अनुभवी मिडफिल्डर बेनार्डो सिल्भा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्छन् ।
पोर्चुगलले निर्धारित समयको २८ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । टर्कीका डिफेन्डर सामेत अकायदिनबाट आत्मघाती गोल भएपछि पोर्चुगलले २–० को अग्रता लिएको हो । पोर्चुगलका लागि तेस्रो गोल ५५औँ मिनेटमा चर्चित मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेका थिए । उनी म्यानचेस्टर युनाइटेडबाट ब्यवसायिक फुटबल खेल्छन् ।
पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक गणतन्त्रलाई २–१ गोलले हराएको थियो । टर्कीले भने आफ्नो पहिलो खेलमा जर्जियालाई ३–१ गोलले पराजित गरेको थियो । जर्जिया र चेक गणतन्त्रबिचको खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण