इजरायली सेनाले जीपको बोनटमा घाइते प्यालेष्टिनीलाई बाँधेपछि..
आइतबार, ०९ असार २०८१, १० : ३७
तेल अभिभ । इजरायली सेनाले एक घाइते प्यालेष्टिनी पुरुषलाई जीपको बोनटमा बाँधेका छन् । यो घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । घटना बेष्ट बैंकको जेनिन शहरको हो ।
छापा मार्ने क्रममा इजरायली सेनाको सुरक्षा बलले यस्तो कार्य गरेको थियो । यसको पूष्टि इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि गरेको छ । छापा पछिको गोलाबारीमा एक संदिग्ध व्यक्ति घाइते भएका थिए ।
घाइतेका परिवारले एम्बुलेन्स बोलाउन अनुरोध गरेका थिए । तर सेनाले घाइतेलाई जीपको बोनटमा बाँधेर लगे । ती घाइतेलाई उपचारका लागि रेड क्रसलाई दिइएको बताइएको छ ।
यस मामिलामा छानबिन गरिने र कारबाही गरिने आईडीएफले बताएको छ । संयुक्त राष्ट्र संघका अनुसार पूर्वी जेरुशेलमसमेत वेष्ट बैंकमा भएको कयौं घटनामा अहिलेसम्म ४८० जना प्यालेष्टिनी मरिसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण