४ सय २९ गाउँपालिकाले ल्याए बजेट (प्रदेशगत विवरणसहित)
काठमाडौँ । देशभरका ४ सय २९ गाउँपालिकाले बजेट ल्याएका छन् । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरूले आगामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार १० गते भित्र आ–आफ्ना गाउँ तथा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
जसअनुसार अनुसार ४ सय ६० गाउँपालिकामध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेस गरेको गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिए ।
बाँकी ३० वटा गाउँपालिकाहरूमा सभाको अधिवेशन नै सुरु हुन नसकेको र एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको उनले बताए ।
स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरूको यो तेस्रो नीति तथा कार्यक्रम र बजेट हो । आज देशैभर उत्साहजनकरुपमा सभामा बजेट पेस भएको उनले बताए ।
आज बजेट पेस गर्न नसकेका गाउँपालिकाहरूमा अध्यक्ष अस्वास्थ्य भई कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबिच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको उनले बताए ।
आज पेस गर्न नसकेका गाउँपालिकाहरूले केही दिनमा नै सभा सुरु गर्ने जानकारी प्राप्त भएको उनले बताए । यस्तै महानगरपालिका सबै, एकाधबाहेक उपमहानगरपालिका सबै र अधिकांश नगरपालिकाले पनि बजेट ल्याएका छन् । देशभर ७५३ स्थानीय तह रहेका छन् ।
बजेट ल्याउने गाउँपालिकाको प्रदेशगत विवरण:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण