शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आज यी नदीमा आकस्मिक बाढीको जोखिम

मङ्गलबार, ११ असार २०८१, ०९ : ०२
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ ।  देशभर मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षा हुने क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

महाशाखाले एक सूचना जारी गर्दै आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र आसपास भई बहने केही स(साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ । 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

badi2badi1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप