रामहरि खतिवडाको प्रश्न – नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो ?

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले राजदूत फिर्ता गरेर नाता र दाताको आधारमा नियुक्त गरिएको हो भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाइरहेको अवस्थामा भारतका राजदूतले हटाउन लागेको खबर थाहा पाएकोले कूटनीतिक रूपमा सरकार असफल रहेको बताए ।
सांसद खतिवडाले भने–‘फेरि नयाँ राजदूतहरू नियुक्त गरिए, केहीले यसमा मेरो रुचि नै छैन है भन्दै बिचैबाट भागेको देखियो । केही स्वार्थ बाझिने गरी नाता र दाताका आधारमा नियुक्त गरिए । म्यानपावर व्यवसायीहरू त्यहाँ पेसा गर्न नियुक्त भए भन्ने खबर सुन्नमा आएको छ भन्ने सुन्नमा आएको छ जवाफ चाहियो ।’
कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा प्रकाशन गरे पनि त्यसलाई फिर्ता ल्याउन किन पहल नभएको भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु