पतञ्जलिको हदबन्दी छुटको जग्गाबारे अनुसन्धान गर्न सीआईबीको टोली काभ्रेमा
काठमाडौँ । भारतीय योगगुरु रामदेवको पतञ्जलि आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन थालेको छ । त्यसबारे अध्ययन गर्न सीआईबीले आफ्नो टिम काभ्रेमा पठाएको हो ।

ब्यूरोका एसपी होविन्द्र बोगटीसहितको टिम सोमबार काभ्रे पुगेर अनुसन्धान सुरु गरेका छन् । सरकारको निर्णय अनुसार पतञ्जलिले हदबन्दी छुट सुविधामा पाएको ३५३ रोपनी जग्गा अपचलन गरेको आरोप छ । बनेपा नगरपालिका स्थित साँगा लगायतका क्षेत्रमा ती जग्गा खरिद गरिएको छ ।
हदबन्दी भन्दा धेरै जग्गा किनबेच गर्न नपाउने कानुनी व्यवस्था भए पनि २०६६ मा मन्त्रिपरिषद्ले सो जग्गा किनबेच गर्न स्वीकृति दिएको थियो । पतञ्जलिको जग्गाबारे अनुसन्धान सुरु भएको सीआईबीका एआईजी श्याम ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी प्रधान कार्यालयबाट प्राप्त कार्यादेश अनुसार अनुसन्धान अघि बढेको छ ।’
संसद्को सार्वजनिक लेखा समितिले पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेर सो जग्गाको विवरण मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण