विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशमा रहेका नेपालीले पठाएको नोट मात्र नभएर उनीहरूलाई मतदानको अधिकार पनि दिइनुपर्ने बताएका छन् ।
कतारको राजधानी दोहामा नेपाली जनसम्पर्क समितिको १७ औँ स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका नेपालीले पनि मताधिकारको सदुपयोग गर्न पाउनुपर्ने बताएका हुन् ।
'विदेशमा रहेका नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले देश चलिरहेको छ । अतः तपाईँहरूलाई राज्यले सम्मान गर्न सक्नुपर्छ । मुलुकको आर्थिक समृद्धि र थुप्रै परिवर्तनमा तपाईंहरूको पनि ठुलो भूमिका छ । तपाईँहरूलाई मताधिकार गर्न राज्यलाई दबाब दिन तयार छु । म तपाईंहरूकै साथमा छु,' उनले भने । सरकारले विभिन्न मुलुकसँगको श्रम सम्झौतालाई पनि प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
नेपालमा रेमिट्यान्सको सही सदुपयोग हुन नसकेको र विदेशमा रहेर पैसा पठाउने नेपालीको सरकारले उचित सम्मान गर्न नसकेको उनले औँल्याए । वैदेशिक रोजगारीमा गएका आफन्तको शिक्षा र स्वास्थ्यमा पनि सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।
नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने सके ठुलो जनशक्ति स्वदेशमै रोक्न सकिने उनले बताए । युवा पौरख स्वदेशमै खर्चिए मात्र मुलुक निर्माण हुने महरको धारणा छ ।
बिपीले 'मेरो जस्तै आर्थिक अवस्था भएको परिवार १५ वर्षभित्र बनाउन चाहन्छु' भनेको स्मरण गर्दै महरले इमानदार भएर नेताहरूले काम गरे बिपीको सपना पूरा हुन पाँच वर्ष मात्रै लाग्ने बताए । यसका लागि सबै राजनीतिक दल र नेताहरू सच्चिन आवश्यक रहेको उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण