मुलुक विदेशीहरूको चक्रव्यूहमा फस्यो: सीपी मैनाली
काठमाडौँ । नेकपा (माले) का महासचिव सीपी मैनालीले मुलुक विदेशीहरूको चक्रव्यूहमा फसेको बताएका छन् । दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीहरूले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो ।
पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरूको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो विगतलाई समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘अब दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ । यस्तो खालको कमजोरीहरू हाम्रोमा छन् । अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन । तर अहिले तत्कालै एउटा फेरी एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ । त्यसका कार्यक्रमहरू, त्यसका लक्ष्यहरू, विधिहरू के हुन सक्लान् ? अहिले मैले भन्न पाइनँ । अहिले मुलुक विदेशीहरूको चक्रव्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रूपमा अघि जान सक्छ । देशमा जनसत्ता आउन सक्ला । र पुँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुन सक्ला ।’
महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिस्ट शक्तिहरूबिच एकता भइहाल्ने अवस्था नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण