प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
सोमबार, १७ असार २०८१, १४ : ४२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गरेका छन् ।
प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए । उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
आजदेखि शुरु भएको यस प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण