खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
सोमबार, १७ असार २०८१, १८ : ०४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रलाई संस्थागत रूपले विकास गर्न घरेलु प्रतियोगिताहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रलाई संस्थागत रूपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरूको भूमिका उल्लेख्य हुने बताए । उनले प्रकाश दाहाल युवाहरूको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताए । उनले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभई योगदानलाई पनि जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण