एसईईमा मौलापुर नगरपालिकाका सामुदायिक विद्यालयले ल्याए उत्कृष्ट नतिजा
रौतहट । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा रौतहटको मौलापुर नगरपालिकाका विद्यालयले राम्रो नतिजा हासिल गरेका छन् । मौलापुर नगरपालिकाका सामुदायिक विद्यालयले औसतमा ७५ प्रतिशत नतिजा हासिल गरेका हुन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले गम्हरिया माविबाट कुल विद्यार्थीमध्ये ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए । यस्तै लक्ष्मीमिया माविबाट ८९.४७, पथराबुधरामबाट ८० प्रतिशत, जनता मावि सोनरनियाबाट ६५.०४ र ट मर्यादपुर ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको साहले जानकारी दिए ।
देशभर एसईई विद्यार्थीहरुको उत्तीर्ण सङ्ख्या ४७.८६ प्रतिशत हुँदा मौलापुर नगरपालिकाको उत्तीर्ण ७५ रहनु खुसीको विषय भएको मेयर रीना कुमारी साहले जानकारी दिइन् ।
नगरपालिकामा आवश्यक शिक्षक १८० हुनुपर्ने ठाउँमा जम्मा ६० जना शिक्षक रहेको स्थिति छ । जसमा नगरपालिकाद्वारा ६५ नगर शिक्षक थपेर पढाइलाई स्तरीय बनाउन प्रयास गर्दै आएको छ ।
सो क्षेत्रका संघीय सांसद समेत रहेका आजपाका अध्यक्ष प्रभु साहले शिक्षा क्षेत्रमा मौलापुरले गरेको लगानीको प्रतिफल देखिएको जानकारी दिए । उनले यो सफलतामा नगरप्रमुख रीना कुमारी साह र मेहनतका साथ अध्यापन गराउने शिक्षकहरुलाई धन्यवाद सहित सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण