नियमित काम जारी राख्न मन्त्रीहरूलाई प्रचण्डको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले रातोपाटीलाई जानकारी दिए ।
अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित कामहरू जारी राख्न भनेको उनले उल्लेख गरे । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीसँग केही मन्त्रीहरूले भेटघाट गरेको बताउँदै जोशीले प्रधानमन्त्रीले कुनै दलले समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने बताएको उल्लेख गरे ।
मन्त्री जोशीले भने,‘प्रधानमन्त्रीले हामी विश्वासको मतका लागि संसद् फेस गर्छौँ भन्नुभएको छ । त्यसबेलासम्मका लागि आफ्ना काम नछोड्नुस् भन्नुभएको छ । हामीले तत्काल राजीनामा गर्ने सोच बनाएका छैनौँ । उहाँहरूले (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने केही निर्णय गरिहाल्नु भएको छैन । यदि उहाँहरूले समर्थन फिर्ता लिनुभयो भने हामीले संसदमा विश्वासको मत लिन संसद्लाई भन्नुपर्ने हुन्छ भन्ने कुरा राख्नुभयो । भोलिका दिनमा कस्तो परिस्थिति आइपर्ला तर अहिले नियमित काम जारी राख्न निर्देशन दिनुभएको छ ।’
बाहिर मिडियामा आएका कुराका आधारमा नियमित कामकाज छोड्ने कुरा नभएको र नियमित काम जारी राख्न आग्रह गरेको मन्त्री जोशीले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, स्वास्थ्य मन्त्री प्रदीप यादवलगायतका मन्त्रीहरू सहभागी थिए ।
प्रचण्डको भनाई उद्धृत गर्दै मन्त्री जोशीले भने,‘घटनाक्रम कसरी अघि बढ्छ भन्न सकिँदैन, ठिकै छ हेर्दै जाउँ, किन यस्तो परिस्थिति भयो हामी नेकपा एमालेसँग पनि कुरा गछौँ, विभिन्न ढंगले एमालेसँग हाम्रो कुराकानी पनि भइरहेको छ, अरू राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको छ भन्नुभएको थियो ।’
उनले नियमित काम गर्न प्रधानमन्त्रीको निर्देशन भएको हुनाले आफूले मन्त्रालयका नियमित काम गरिरहेको बताए । यद्यपि नेकपा एकीकृत समाजवादीको महाधिवेशन पनि भएकोले मन्त्रालयमा मैले धेरै समय दिन भने नपाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण