सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन तस्करी : प्रहरी अधिकारी विकाशराज खनालको वयानको पूर्णपाठ

बिहीबार, २० वैशाख २०७५, २२ : १९
बिहीबार, २० वैशाख २०७५

मिति २०७५।०१।०९ गते म जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेको समयमा सोहि दिन बेलुका प्रहरी प्रधान कार्यालयको पत्र मार्फत म नेपाल सरकार गृहमन्त्रालय बिशेष अनुसन्धान टोली समक्ष उपस्थित हुनुपर्ने जानकारी प्राप्त गरी म मिति २०७५।०१।१० गते बेलुका काठमाडौं पुगेर मिति २०७५।०१।११ गते बिहान १०ः३० बजेको समयमा गृह मन्त्रालय पुगि बिशेष अनुसन्धान टोलीका सदस्यहरुसंग भेट भयो ।

सो समयमा सह–सचिव ईश्वरराज पौडेल सो स्थानमा नरहेका कारण सो स्थानमा रहेका अन्य सदस्यहरुले मलाई सोहि स्थानमा बस्दै गर्नुहोला भनी भनेको हुँदा म सोही स्थानमा बसे ।

दिनको अं.१५ः०० बजेको समयमा सो स्थानमा सहसचिव ईश्वरराज पौडेल आए पश्चात मलाई घट्नाको पृष्ठभुमी समेत जानकारी गराउनु भयो ।

सो पश्चात वहाँहरुले करिब ४५ मिनेट सम्म सनम शाक्यको हत्या, त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलबाट हुने गरेको सुनको तस्करी, मिति २०७४।१०।०९ गते बिमानस्थलबाट तस्करी भई आएको सुन काठमाडौंको अनामनगरबाट लुटिएको घट्ना लगायतका बारेमा मलाई सोधपुछ गर्नुभयो ।

सो सम्बन्धमा मलाई जानकारी भए सम्मको कुरा मैले बिशेष अनुसन्धान टोली समक्ष बताए जसको भिडियो रेकर्ड समेत सो टिमले राखेको हुनुपर्दछ ।

सो पश्चात बिशेष अनुसन्धान टोलीका सरहरु बहिर जानुभयो भने म सोही कोठामा लगभग ३० मिनेट जती बसे र पुनः अर्को कोठामा लगभग २ घण्टा जति बसे ।

सो दिन बेलुका करिब २०ः०० बजेको समयमा बिशेष अनुसन्धान टोलीले मलाई सशस्त्र प्रहरी गण नं.१ नक्शालमा राख्न पठाएर पुनः भोलिपल्ट मिति २०७५।०१।१२ गते गृह मन्त्रालयमा लगी पक्राउ पुर्जी दिएर सवारी साधन मार्फत सोहि दिन बेलुका २२ः३० बजेको समयमा मलाई  जिल्ला प्रहरी कार्यालय मोरङमा दाखिला गराएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको बाहिरि सुरक्षाको जिम्मेवारी नेपाल आर्मीको रहेको र आन्तरीक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको रहेको हुनाले म सो कार्यालयमा कार्यरत रहेको समयमा बिभागिय निति निर्देशन र कार्यालय प्रमुखको निर्देशन बमोजिम चुस्त दुरुस्त रुपमा आफूले प्राप्त गरेको जिम्मेवारी निर्वाह गर्ने गरेको थिए ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मेरो जिम्मेवारी आन्तरीक सुरक्षा व्यवस्थाको अनुगमन, प्रहरी सुरक्षा कर्मिहरुलाई रेखदेख, अनुगमन तथा निर्देशन, ख्क्ष्एरख्ख्क्ष्ए को सुरक्षा व्यवस्थापन तथा समन्वय, अनाधिकृत व्यक्ती तथा सवारी साधनको प्रवेशमा रोक लगाउने, अन्य सरोकारवालहरुसंग समन्वय गर्ने लगायत रहेको थियो । बिमानस्थलबाट सुन, बिदेशी रकम, बिधुतीय सामाग्रीहरुको तस्करी हुने गरेको कुरा हामीहरुले बिभिन्न संचार माध्यमबाट समेत जानकारी प्राप्त गरेको हुनाले म लगायतले सुरक्षा व्यवस्था कडा पारेका थियौँ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित भन्सार कार्यालयको भन्सार चेकजाँच गर्ने स्थानबाट भन्सार नतिरी बाहिर गएको सामनहरु मात्र प्रहरीले पक्राउ गर्न मिल्ने हुनाले म सो स्थानमा कार्यरत रहेको समयमा भन्सार छली हुने गरेका चोरी तस्करीका कार्यहरुलाई निरुत्साहित गरि सुन, टि.भी., बिधुतीय सामाग्रीहरु समेत पक्राउ गर्नुका साथै बिमानस्थलबाट अन्य देशहरुमा तस्करी हुने बिदेशी मुद्रा, लागुऔषध लगायतका सामाग्रीहरु पक्राउ गरी सम्बन्धित कार्यालयहरुमा आवश्यक कारबाहिको लागि पठाउने गरेको थिए । सोको रेकर्ड समेत बिमानस्थल लगायत सम्बन्धित कार्यालयमा सुरक्षित हुनुपर्दछ ।

मिति २०७४।११।१८ गते मोरङ जिल्लाको उर्लाबारीमा एक जना मानिसको हत्या भएको र मिति २०७४।११।१९ गते मोरङ जिल्लाको बिराटनगरमा लाश फेला परेको र केही मानिसहरु समेत पक्राउ परेको कुरा मैले पत्रपत्रीका मार्फत लाश फेला परेको २÷३ दिन पछाडि मलाई जानकारी प्राप्त भएको हो । मिति २०७४।१०।०९ गते बिमानस्थलबाट तस्करी भई काठमाडौंबाट सोही दिन लुटिएको भनिएको साढे ३३ के.जी.सुनको बिषयमा समेत मलाई केहि पनि जानकारी छैन ।

सनम शाक्यको मृत्यु सम्बन्धमा मलाई कुनै जानकारी छैन । के कसरी मृत्यु भएको हो सो समेत घट्नाको २÷३ दिन पछि पत्रपत्रिकाबाट मात्र थाहा पाएको हो र मैले आज सम्म कुनै पनि व्यक्तिसंग मिली अवैध सुन तस्करी गरेको छैन ।

म त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा गार्ड कार्यालय गौचरमा डि.एस.पी.दर्जामा वि.सं.२०६५ साल मंसिर देखी वि.सं.२०६६ सालको मंसिर महिना सम्म कार्यरत रहेको समयमा एस.एस.पी.गणेशराज राई, डि.आई.जी.रमेश शेखर बज्राचार्य, एस.पी.गोविन्द प्रसाद निरौला, डि.एस.पी.प्रकाश चन्द, डि.एस.पी.गणेश ऐर, डि.एस.पी.पोशराज पोखरेल लगायत कार्यरत रहनु भएको थियो ।

यसैगरी वि.सं.२०७१ सालको चैत्र महिना देखी वि.सं.२०७२ सालको सालको पुष महिना सम्म म बिमानस्थलमा एस.पी.दर्जामा कार्यरत रहेको समयमा डि.आई.जी.बिजयलाल कायस्थ, एस.एस.पी.भुपाल भण्डारी र भुपाल सर सरुवा भएर गएपछि एस.एस.पी.श्याम बहादुर खत्री, डि.एस.पी.संजय बहादुर राउत, डि.एस.पी.मित्र बन्धु शर्मा, डि.एस.पी.हिरा पाण्डे, डि.एस.पी.डम्बर बि.क., डि.एस.पी.बिनोद घिमिरे, ईन्स्पेक्टर सुकदेव खनाल लगायतका सिनियर प्रहरी कर्मचारीहरु कार्यरत रहनु भएको थियो भन्ने समेत व्यहोराको प्रतिवादी विकाशराज खनालको वयान ।

श्री मोरंग जिल्ला अदालत, विराटनगरमा, सरकारी मुद्दा संवन्धी ऐन २०४९ को दफा १८(१) वमोजिम प्रस्तुत गरिएको अभियोगपत्रबाट साभार
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप