२० वर्षसम्म हाते ग्रिनेडलाई हतौडा बनाएर चलाएपछि...

बेइजिङ । चीनमा एक जना ९० वर्षीय महिलाले हाते ग्रिनेडलाई २० वर्षसम्म हतौडा बनाएर चलाइरहेको खुलासा भएको छ । एक दिन घर नजिकैको बारीमा छिन नाम गरेकी ती महिलाले काठको समाउने भएको एउटा धातुको सामान भेटिन् ।
हथौडा सोचेर महिलाले त्यसलाई घर ल्याइन् । त्यसपछि उनले त्यसलाई ओखर फोर्नेदेखि मरिच धुलो बनाउनेसम्म अनेकौँ कामका लागि प्रयोग गरिरहिन् ।
गएको हप्ता मात्रै उनको पुरानो घर भत्काउन आएका कामदारहरूले सो वस्तु देखे । शङ्कास्पद लागेर उनीहरुले अधिकारीहरूलाई यसबारे जानकारी दिए । सो वस्तु चिनियाँ टाइप ६७ हाते ग्रिनेड थियो । आफूले वर्षौदेखि हथौडा भनेर प्रयोग गर्दै आएको वस्तु त हाते ग्रिनेड पो रहेछ भन्ने उनले थाहा पाइन् ।
हरेक पटक सो ग्रिनेड चलाउँदा आफ्नो ज्यान कसरी जोखिममा राखेकी रहेछु भनेर महिलाको मुटु डरले पक्कै धक्क फुल्यो होला । वर्षौदेखि चलाउँदा सो हाते ग्रिनेडको काठको ह्यान्डल नरम र चिप्लो भइसकेको थियो भने धातुको हिस्सामा दागै दाग थियो । सो हाते ग्रिनेड विस्फोटक भएको र आफूले त्यसलाई डिस्पोज गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
-
स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए
-
गाजामा राहत कुरेर बसिरहेका कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै