वर्षाले पुष्पलाल लोकमार्गमा क्षति
गलकोट । वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ । कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ । बागलुङ बजारदेखि पातिहाल्नेसम्मको एक सय ४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ ।
असार १५ गते परेको पानीले लोकमार्गको १२ ठाउँमा क्षति पुगेको थियो । उक्त स्थानमा निरन्तर पहिरोले क्षति पुर्याएको छ । उक्त सडक अहिले एकतर्फ खुलाइए पनि यात्रा जोखिमपूर्ण रहेको छ । ठाउँठाउँमा खसेको पहिरोले लोकमार्गको कालोपत्र सडक, ग्याविन, पर्खाल र नालीमा क्षति पुर्याएको हो ।
कतिपय स्थानमा सडकको कालोपत्र बगाएको र पहिरोले सडक नै बगाएर क्षति पु¥याएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले गलकोट खण्डमा वर्षाले पहिरो, बाढी र गेग्रान ल्याउँदा ठूलो क्षति भएको जानकारी दिए । उनले क्षतिको विवरण सङ्कलन गर्न प्राविधिकको समूह परिचालन गरिसकेको बताए ।
हटिया बजारदेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ । गलकोट खण्डको गल्याङ, मनेवापाटा, भालुपाइले, बतासे डाँडा र बाँसखोला क्षेत्रमा पनि पहिरो खसेको छ ।
एकतर्फ सडक खुलाइए पनि उक्त सडकको कालोपत्र पहिरोले पुरेको छ । काठेखोला गाउँपालिका–६ इनारपानी, बडिगाड गाउँपालिका–२ हाँडीखोलालगायतका स्थानमा पहिरो खसेर लोकमार्गमा क्षति पुर्याएको छ ।
बर्सात्ले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रु सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजनामा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा याममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण