लुम्बिनीका प्रदेश प्रमुखलाई एमालेले लेख्यो पत्र
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि त्यसको औपचारिक जानकारी गराउँदै नेकपा एमाले लुम्बिनी प्रदेश प्रमुखलाई अमिक शेरचनलाई जानकारी पत्र प्रदान गरेको छ ।
एमाले मुख्य सचेतक तुलसीप्रसाद चौधरीले लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर जानकारी पत्र प्रदान गरेको बताए ।
चौधरीले जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै पत्र दिएका थिए ।
प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले उक्त जानकारी पत्र बुझ्दै प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरूप आवश्यक कागजात तयार पारिने बताए ।
प्रदेश प्रमुख शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौँमा रहेको उनका स्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिए ।
एमालेले हिजो असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो । सोही अनुरूप मन्त्रीहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्नबहादुर खत्री र अर्जुन केसीले बिहीबार बेलुका राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण