युरोकप २०२४ को सेमिफाइनल समीकरण पूरा
काठमाडौँ । इंग्ल्याण्ड जारी युरोकप २०२४को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित र थप गरिएको समयमादुवै टिमले एक एकगोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । ७५ औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रेल डोनाल्डले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर उक्त अग्रता स्वीट्जरल्याण्डले धेरै बेर टिकाउन सकेन ।
८० औँ मिनेटमा डक्लन राइसको पासमा बकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो ।
जसमा इंग्ल्याण्डका सबै खेलाडीले गोल गर्दा स्वीट्जरल्याण्डका म्यानुएल अकांजीले गरेको प्रहार विफल भएको थियो । स्वीट्जरल्याण्डका फावियन स्केचर, जेरदनशाकिरी, मोहमेद अमदुनीले भने गोल गरेका थिए ।
इंग्ल्याण्डका कोलपालमर, जुड बेलिङघम, बकायो साका, इभान टोनी र ट्रेन्ट आर्नोल्डको प्रहार गोलमा परिणत भयो ।
यस्तै, युरो कपको अर्को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । ३५ औँ मिनेटमा टर्कीका लागि स्मेट एकेडिनले गोल गर्दै अग्रता दिलाएका थिए ।
७० औंमिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्याण्ड्सलाई बराबरीमा ल्याए । ७६ औं मिनेटमा नेदरल्याण्ड्सले उपहार गोल पायो ।
टर्कीका मेर्ट मुलडरले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्याण्ड्स २–१ ले विजयी भयो । दोस्रो हाफको अतिरिक्त छैटौँ मिनेटमा टर्कीका ब्रेटु अगुरो रातो कार्ड पाउँदै मैदान छाडेर १० खेलाडीमा समेटिए पनित्यसको असर खेलको नतिजामा परेन ।
शनिबार रातिको खेलसँगै युरोकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स आमने सामने हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण