राप्ती नदीमा बेपत्ता दुवै जनाको शव फेला
आइतबार, २३ असार २०८१, १३ : ०५

दाङ । अविरल वर्षाको कारण राप्ती नदीमा बेपत्ता भएका दुई जनाको शव आइतबार बिहान फेला परेको छ । दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो ।
उनी दुध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान करिब ९ः३० बजे सो नदीले बगाएको बताइएको छ । त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी शनिबार नदीले बगाएर बेपत्ता भएका थिए ।