मधेस प्रदेश
मधेस सरकारमा पठाउन कांग्रेसले ४ मन्त्रीको नाम टुंगो लगायो
आइतबार, २३ असार २०८१, १४ : ५३
वीरगन्ज । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो ।
कांग्रेसले सरकारमा क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई पठाउन लागेको सांसद क्षेत्रीले जानकारी दिए ।
सबै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीहरूको छनौट भएको उनले बताए । उनका अनुसार कसलाई कुन मन्त्रालयमा पठाउने भने टुंगो लगाउन बाँकी रहेको छ ।
राज्यमन्त्रीको भने नाम टुंगो लगाउन नसकिएको र सहमतिको प्रयास जारी रहेको एक नेताले बताए । मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण