लुम्बिनी प्रदेशका दुई सडक अझै अवरुद्ध
बुटवल । लुम्बिनी प्रदेशमा वर्षापछि आएको पहिरोका कारण दुई वटा सडक अवरुद्ध भएकाे छ । गुल्मीको रिणी तम्घास सडक र दाङको भालुवाङ्ग चकचके सडक अवरुद्ध भएको हो ।
भालुवाङ्ग चकचके सडक दिउँसो ३ बजेदेखि अवरुद्ध भएको हो भने रिणी तम्घास सडक हिजो साँझदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । अन्य ठाउँमा अवरुद्ध सडक भने अहिले सञ्चालनमा आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन र सन्धिखर्क गोरुसिङ्गे सडक अहिले सञ्चालनमा आइसकेको टाफ्रिक प्रहरी कार्यालयले जनाएको छ । ती सडकहरू शनिबार साँझदेखि अवरुद्ध हुँदै आएका थिए ।
त्यस्तै प्युठान, गुल्मी र पाल्पाका विभिन्न सडकहरू पनि बन्द हुने र खुल्ने क्रम चलिरहेको प्रहरीको भनाई छ । ती सडकमा पहिरो पन्छाउनका लागि ठाउँ ठाउँमा उपकरणसहित जनशक्ति खटाइएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए । अहिले भने ती सडक सुचारु भएको बताइएको छ ।
शनिबार बिहानदेखि आएको बाढीले दाङमा २ जनाको मृत्यु भएको छ भने पाल्पामा पनि एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय स्तरको पाठ्यक्रममा नैतिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्न माग
-
प्रधानमन्त्रीपत्नीको स्पष्टोक्ति : सुरक्षाकर्मीले आफ्नै ब्याग बोकेका हुन्, मेरो होइन
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण