लुम्बिनी प्रदेशका दुई सडक अझै अवरुद्ध

बुटवल । लुम्बिनी प्रदेशमा वर्षापछि आएको पहिरोका कारण दुई वटा सडक अवरुद्ध भएकाे छ । गुल्मीको रिणी तम्घास सडक र दाङको भालुवाङ्ग चकचके सडक अवरुद्ध भएको हो ।
भालुवाङ्ग चकचके सडक दिउँसो ३ बजेदेखि अवरुद्ध भएको हो भने रिणी तम्घास सडक हिजो साँझदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । अन्य ठाउँमा अवरुद्ध सडक भने अहिले सञ्चालनमा आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन र सन्धिखर्क गोरुसिङ्गे सडक अहिले सञ्चालनमा आइसकेको टाफ्रिक प्रहरी कार्यालयले जनाएको छ । ती सडकहरू शनिबार साँझदेखि अवरुद्ध हुँदै आएका थिए ।
त्यस्तै प्युठान, गुल्मी र पाल्पाका विभिन्न सडकहरू पनि बन्द हुने र खुल्ने क्रम चलिरहेको प्रहरीको भनाई छ । ती सडकमा पहिरो पन्छाउनका लागि ठाउँ ठाउँमा उपकरणसहित जनशक्ति खटाइएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए । अहिले भने ती सडक सुचारु भएको बताइएको छ ।
शनिबार बिहानदेखि आएको बाढीले दाङमा २ जनाको मृत्यु भएको छ भने पाल्पामा पनि एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा गंगानारायण श्रेष्ठ समुहद्वारा केन्द्रीय समिति पुनर्गठन
-
कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी
-
ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु