२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी ३ किन्न पाइने
काठमाडौँ । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ । यो योजनाको फाइदा नेपाल अधिराज्यका सबै सिट्रोन शोरुम मार्फत लिन सकिने कम्पनीले जनाएको हो।
यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने जनाइएको छ । जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्नका लागी ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ । बाँकी रकमलाई भने सरल किस्तावन्दिमा ७ वर्षसम्म ईएमआई भुक्तानी गर्न सकिनेछ ।
फ्रान्सेली मूल र भारतमा बनेको सिट्रोन सि३मा १२०० सीसीको पेट्रोल इन्जिन रहेको छ जसले ८२ पीएस पावर र ११५ एनएम टर्क दिन्छ, ५ स्पीड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । फ्रन्ट-ह्वील ड्राइभ प्रणालीले सुसज्जित यो गाडीले १४० किमी/घन्टाको टप स्पीडमा पुग्न सक्छ र १९ किमी/लिटरको प्रभावशाली माइलेज दिन्छ ।
आराम र सुरक्षाको लागि डिजाइन गरिएको, सिट्रोन सि३ मा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, ईबीडीसहितको एबीएस र डुअल एयरब्यागहरू छन् । १८० एमएमको ग्राउन्ड क्लियरेन्सको साथ, यो विभिन्न भूभागहरूको लागि उपयुक्त हुने कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण